+
+
Shares

संखुवासभामा जुवातास खेलिरहेका ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १९:१६

२६ माघ, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका –६ वाना बजारमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय वानाले सोमबार दिउँसो पाँचखपन –६ स्थित वाना बजार क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नगद ५  लाख १३ हजार ३ सय ५० रुपैयाँ र  तास बरामद गरेको छ ।

वाना बजार स्थित दुर्गा बहादुर श्रेष्ठको घरमा जुवातास खेलिरहेको विशेष सूचनाका आधारमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

पक्राउ परेका ब्यक्तिहरुको नाम भने खुलाइ सकेको छैन । इलाका प्रहरी कार्यालय वानाका प्रहरी निरीक्षक सुन्दर कुमार यादवको कमाण्डमा खटिएको १० जनाको टोलीले उनीहरुलाई नियन्त्रण लिएको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?