News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘हामी तीन भाइ’ को टिजर रिलिज गरिएको छ जसले कथावस्तु, चरित्र चित्रण र मनोदशा संक्षिप्त रुपमा देखाउँछ।
- टिजरमा तीन दाजुभाइको सम्बन्ध र विवाहपछिको खटपटलाई प्रस्तुत गरिएको छ।
- यो कमेडी र सोसल ड्रामा जनरामा बनेको फिल्म चैत १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।
काठमाडौं । फिल्म ‘हामी तीन भाइ’ को टिजर रिलिज गरिएको छ । यसले फिल्मको कथावस्तु, चरित्र चित्रण र मनोदशबारे संक्षिप्तरुपमा चित्रण गर्छ ।
टिजरमा एउटा गाउँका तीन भाईको कथालाई प्रस्तुत गरिएको छ । विनोद न्यौपाने, कुशल बिष्ट र फलित राईले निर्वाह गरेका चरित्र मिल्ने साथी हुन् । उनीहरु खेतबारी गोरुले झैँ आफै नारिएर जोतिरहेको देखिन्छन् ।
सानैमा बाबुआमा बिते पनि उनीहरुको माया ममता भनेको दाजु नै हो । अभिभावकको माया नपाएका यी तीन भाइमध्ये एक दाजु बिनोदसँग खटपट पर्छ । टिजरले मिलेर बसेका दाजुभाई विवाहपछिको सम्बन्ध खटपट र संघर्षलाई प्रस्तुत गर्छ ।
नेपाली समाजमा विद्यमान कथालाई निर्देशक मधुसुधन भट्टराईले भन्ने प्रयास गरेका छन् । सार्वजनिक टिजरले दर्शकमाझ कौतुहलता जगाउँछ । टिजरमा लक्ष्मी बर्देवा, राजाराम पौडेल, रवीन्द्र झा लगायतलाई देख्न सकिन्छ ।
यो फिल्म कमेडी र सोसल ड्रामा जनरामा बनेको छ । यो फिल्म प्रसिद्धी सिने आर्ट्स प्रालिको ब्यानरमा बनेको हो । निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ छन् ।
कार्यकारी निर्माता विक्रम तामाङ हुन् । सह-निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी हुन् । साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
‘हामी तीन भाइ’ चैत १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
प्रतिक्रिया 4