+
+
Shares

हलमा लाग्यो ‘हामी तीन भाइ’

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १३ गते १२:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'हामी तीन भाइ' शुक्रबारदेखि देशब्यापी हलमा प्रदर्शनमा आएको छ।
  • फिल्ममा दाजुभाइको सम्बन्ध, प्रेम र दरारको कथा मधुसुधन भट्टराईले निर्देशन गरेका छन्।
  • शुक्रबारदेखि हलिउडको हरर फिल्म 'दे विल किल यू' पनि नेपालका हलमा प्रदर्शनमा आएको छ।

काठमाडौं । शुक्रबारदेखि हलमा फिल्म ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ । रामनवमीको अवसरमा यो फिल्म देशब्यापी प्रदर्शनमा आएको हो ।

पारिवारिक कथावस्तुको फिल्मले सम्पत्ति र पत्नीको कारण दाजुभाइको सम्बन्ध, प्रेम, मित्रता र दरारको कथा भन्छ । फिल्मलाई मधुसुधन भट्टराईले निर्देशन गरेका हुन् ।

हलमा दर्शकको खडेरी परेको समयमा यो फिल्मले दर्शकलाई हलसम्म तान्ने विश्वास निर्माताको छ । कमेडी तथा सामाजिक कथामा आधारित फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटाको अभिनय छ ।

प्रसिद्धी सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन् । यो फिल्मको रनटाइम १३७ मिनेट छ ।

शुक्रबारदेखि नेपालका हलमा हलिउडको हरर फिल्म ‘दे विल किल यू’ पनि प्रदर्शनमा आएको छ । ९४ मिनेट रनटाइमको यो फिल्मलाई एक्सन, हरर, कमेडी जनरामा राखिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?