+
+
Shares

आफ्नो पार्टनरसँगको प्रेमबाट टाढिँदै गएको देखाउने ५ संकेत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्बन्धमा पार्टनरले समाचार वा कुराहरू शेयर नगर्ने हो भने त्यो टाढिँदै गएको संकेत हुन सक्छ।
  • आत्मीयताको अभाव, जस्तै हात समात्न नचाहने वा गहिरो कुराकानी नगर्ने, सम्बन्धमा दूरी बढेको देखाउँछ।
  • पार्टनरप्रति रिस वा झर्को बढी लाग्ने र खुसीका उपायहरू खोज्न छोड्नु प्रेमबाट टाढिँदै गएको स्पष्ट संकेत हो।

हरेकको प्रेम सम्बन्ध सधैं टिक्छ भन्ने हुँदैन । कुनै न कुनै बहानामा कुनै समयमा सम्बन्ध टुट्न सक्छ । तर, कहिलेकाहीँ सबैभन्दा पीडादायी बिछोड ती हुन्छन्, जहाँ एक पार्टनर बिस्तारै अर्को पार्टनरसँगको प्रेमबाट टाढिँदै जान्छ । सम्बन्ध सुरु हुँदै गर्दा कसैले पनि त्यो बिग्रन्छ भन्ने सोचेका हुँदैनन् । तर, समय क्रममा उनीहरू बिस्तारै एकअर्कासँग टाढिन सक्छन् । अथवा भनौं, पहिलेको जस्तो आत्मीयता गुमाउँन सक्छन् ।

सम्बन्धलाई नजिकबाट नियाल्ने हो भने त्यो परिवर्तन केही हदसम्म थाहा पाउन सकिन्छौं । भनौं, आफ्नो पार्टनरबाट आफू टाढिँदै गरिरहेको संकेत पाउन सकिन्छ ।

१.तपाईं उनीहरूसँग समाचार वा कुराहरू शेयर गर्नुहुन्न

कुनै पनि समाचार चाहे त्यो राम्रो होस् वा नराम्रो, सुनाउनका लागि तपाईंको पार्टनर तपाईंले सबैभन्दा पहिले कल गर्न चाहने व्यक्ति हुनुपर्छ । यदि तपाईंले चिन्ताजनक वा उत्साहजनक दुवै परिस्थितिमा आफ्नो पार्टनरबाट सान्त्वना वा समर्थन पाउन सक्नुहुन्न भने उनीहरू तपाईंका लागि सही व्यक्ति नहुन सक्छन् ।

उदाहरणका लागि, मानौं तपाईंले जागिर पाउनु भो वा बढुवा हुनुभो । के तपाईं आफ्नो पार्टनरलाई तुरुन्तै फोन गरेर यो कुरा सुनाउन चाहनुहुन्छ ? वा उनीहरू उत्साहित नहोलान् वा तपाईंलाई निरुत्साहित गर्लान् भन्ने चिन्ता लाग्छ ?

यी आफैंलाई सोध्नुपर्ने महत्त्वपूर्ण प्रश्नहरू हुन् ।

२.आत्मीयताको अभाव

यहाँ आत्मीयताका धेरै रूपहरू हुन्छन् भन्ने कुरा बुझ्नु जरुरी छ । यौन सम्बन्ध मात्र सम्बन्धको आधार होइन । धेरै राम्रा सम्बन्धहरूमा पनि कहिलेकाहीँ यस्तो दूरी आउन सक्छ । यसको मतलब तपाईं प्रेमबाट टाढिनुभयो भन्ने मात्र हुँदैन ।

यद्यपि यदि तपाईंको सम्बन्धमा कुनै पनि प्रकारको आत्मीयता छैन । जस्तै, हात समात्ने, गहिरा कुराकानी गर्ने, अँगालो हाल्ने वा तपाईं उनीहरूको नजिक हुनबाट डराउनुहुन्छ वा हिचकिचाउनुहुन्छ भने तपाईंको भावना कम हुँदै गएको हुन सक्छ ।

यस्तो अवस्थामा कहाँनेर दूरी बढिरहेको छ भनेर कुराकानी गर्नु आवश्यक हुन्छ । सायद कसैको मनमा गुनासो वा आक्रोश गुम्सिएको हुन सक्छ अथवा तपाईंहरू दुवैले एक-अर्कालाई महत्त्व दिन छोड्नुभएको हुन सक्छ ।

४.सम्बन्धमा हुँदाहुँदै पनि वियोगको महसुस

यदि तपाईं आफ्नो पार्टनरसँग सम्बन्धमा रहँदा नै यो टुट्ने डरले वा यसको अन्त्यको कल्पना गरेर मनमै रुँदै हुनुहुन्छ भने तपाईं उनीहरू प्रतिको भावना गुमाउँदै हुनुहुन्छ । सायद तपाईंको एउटा पाटो अझै पनि उनीहरूको पुरानो स्वरूप वा तपाईंहरू बीचको पुरानो प्रेममा अडिएको हुन सक्छ । यो निकै गाह्रो हुन्छ । तर, यसले प्रायः दूरीको संकेत गर्छ ।

४.प्रेम भन्दा बढी झर्को लाग्ने

पार्टनरहरूले एकअर्कालई कहिलेकाहीँ रिस उठाउनु सामान्य कुरा हो । तर, यदि उनीहरूका साना कुराले पनि तपाईंलाई सधैं रिस उठाउँछ वा उनीहरूको बारेमा सोच्दा मात्रै पनि तपाईंलाई क्रोध आउँछ भने तपाईंको मनमा ठूलो असन्तुष्टि हुन सक्छ । यो सम्बन्धमा सबैभन्दा खतरनाक कुरो हो ।

त्यस्तै यदि पार्टनरलाई हेर्दा तपाईंलाई रिस वा झर्को मात्र लाग्छ भने तपाईंले उनीहरूका ती राम्रा गुणहरू देख्न छोड्नुहुनेछ । यसले सम्बन्ध अन्त्यको स‌ंकेत गर्छ ।

५.खुसीका उपायहरू खोज्न छोड्नु

प्रेम साना कुराहरूमा झल्किन्छ । जस्तो: बिहानको कफी, घरमा पकाएको खाना, अचानक दिइने उपहार वा फूल… । यी क्रिया हुन् । तर प्रेम यिनैमा हुन्छ । तर, जब तपाईं आफ्ना पार्टनरका लागि यी साना कुराहरू गर्ने जाँगर चलाउनुहुन्न, उनीहरूलाई खुसी पार्न कुनै चासो राख्नुहुन्न भने त्यो तपाईं प्रेमबाट टाढिँदै गइरहनु भएको भन्ने संकेत हो । यस्तो अवस्थामा दुवैले एकअर्कासँग खुलेर कुरा गर्नुको विकल्प हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?