+
+
Shares

पत्रकार विराट अनुपमको किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

पत्रकार एवं लेखक विराट अनुपमद्वारा लिखित किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १८:५३

१९ फागुन, काठमाडौं । पत्रकार एवं लेखक विराट अनुपमद्वारा लिखित किताब ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक भएको छ । मंंगलबार राजधानीको उमोजा क्याफेमा विभिन्न मिडियाका सक्रिय पत्रकारहरुद्वारा संयुक्त रूपमा किताबको विमोचन भएको हो ।

किताब बारे बोल्दै प्रकाशक बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले ऐतिहासिक राजनीतिक सङ्ग्रह भएको बताए । उनले कूटनीति र राजनीतिमा गहिरो चासो राख्ने पत्रकार अनुपमले छोटो समयमा महत्त्वपूर्ण दस्तावेज तयार पारेको जानकारी दिए ।

शिलापत्र डटकमका सम्पादक योगेश ढकालले किताबमा पहिलो आमनिर्वाचनको विस्तृत तथ्यांकसहितका नवीन सूचना रहेको भन्दै पठनयोग्य पु्स्तक तयार भएको बताए । त्यस्तै लेखक एवं प्राध्यापक डा. जगत नेपालले आफूले समेत थाहा नपाएको कतिपय नयाँ तथ्याङ्क किताबमा रहेको हुँदा राजनीतिक विषयमा चाख मान्नेका लागि उपयोगी हुने बताए ।

लेखक अनुपमले पहिलो आमनिर्वाचनमा भएको रोचक कुराहरू किताबमा समावेश भएको सुनाए । जसमा नेपाली राजनीतिका ‘हेभिवेट’ को पराजय, उक्त चुनावलाई राष्ट्रिय–अन्तराष्ट्रिय मिडियामा भएको कभरेज, बीपी–महेन्द्रबीचको दुरीलगायतका विषयहरू किताबमा रहेको बताए ।

उक्त किताबमा पहिलो चुनावमा १०९ वटै क्षेत्रको परिणाम, सबै दलका घोषणापत्र लगायतका दस्ताबेज सङ्ग्रह गरिएको छ भने सो चुनावमा सहभागी भएका उम्मेदवार, मतदातालगायतको प्रत्यक्ष संवाद समेत समेटिएको छ ।

अनुपमले यसअघि डोरबहादुर बिस्टद्वारा लिखित अङ्ग्रेजी किताब ‘रिपोर्ट फर्म ल्हासा’को नेपाली अनुवाद किताब ‘ल्हासाको खबर’ ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?