+

मेलबर्नमा १५औं कँडेल कन्सल्टेन्सी कप हुँदै

२०८२ फागुन  १९ गते १९:०३ २०८२ फागुन १९ गते १९:०३
मेलबर्नमा १५औं कँडेल कन्सल्टेन्सी कप हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेलबर्नमा सन् २०२६ मार्च ७ र ८ मा १५औं कँडेल कन्सल्टेन्सी कप फुटबल प्रतियोगिता डेरबिन इन्टरनेशनल स्पोर्ट्स सेन्टरमा सञ्चालन हुनेछ।
  • प्रतियोगितामा ओपन एज र ३५ वर्ष माथि विधामा १६ टोली चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा प्रतिस्पर्धा गर्नेछन्।
  • यति फुटबल क्लबका उपाध्यक्ष सज्जन शर्माले प्रतियोगिताले अस्ट्रेलियामा नेपाली समुदायबीच भाइचारा र एकताको भावना सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

१९ फागुन, मेलबर्न । अष्ट्रेलियाको मेलबर्न शहरमा १५औँ संस्करणको कँडेल कन्सलटेन्सी कप आयोजना हुने भएको छ ।

यती फुटबल क्लबलको आयोजनामा हुने प्रतियोगिता यही मार्च ७ र ८ तारिखका दिन डारेबिन इन्टरनेसनल स्पोर्ट्स सेन्टरमा सञ्चालन हुनेछ ।

यस प्रतिष्ठित प्रतियोगितामा ‘ओपन एज’ र ‘३५ वर्ष माथि (फरेभर योङ)’ गरी दुई विधामा प्रतिस्पर्धा गरिने आयोजक यति फुटबल क्लबका उपाध्यक्ष सज्जन शर्माले जानकारी दिए ।

आयोजकका अनुसार सिड्नी, क्यानबेरा र एडिलेडसहित अस्ट्रेलियाका विभिन्न शहरबाट टोलीहरूको सहभागिता रहनेछ ।

हालै आयोजित विशेष समारोहबीच प्रतियोगिताको आधिकारिक टाइ–ड्र सार्वजनिक गरिएको हो। ओपन क्याटेगोरीतर्फ १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा होमवुस राइनो फुटबल क्लब (सिड्नी), खुकुरी एफसी (क्यानबेरा), नेपवोर्न एफसी र यती फुटबल क्लब रातो रहेका छन् । समूह ‘बी’ मा सिद्धकाली एफसी (एडिलेड), युनाइटेड फुटबल क्लब, रोयल फुटबल क्लब र हिमालयन फुटबल क्लब परेका छन् ।

समूह ‘सी’ मा एभरेस्ट युनाइटेड एफसी, रोयल वेस्टर्न एफसी, एनी एफसी र चन्द्र सूर्य एफसी छन् भने समूह ‘डी’ मा यती एफसी ब्लु, जगजित श्रेष्ठ एकेडेमी (एडिलेड), द हिमालयन टाइगर्स र हिमालयन युथ क्लब (सिड्नी) रहेका छन् ।

लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने यो प्रतियोगिता अष्ट्रेलियामा नेपाली क्लबहरूबीचको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामध्ये एक मानिन्छ । प्रतियोगितामा कुल पुरस्कार राशी २२ हजार अष्ट्रेलियन डलर रहेको आयोजकले जनाएको छ ।

ओपन क्याटेगोरीका विजेताले १२ हजार डलर तथा उपविजेताले ४ हजार ५०० डलर नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । ‘फरेभर योङ्ग’ विधाका विजेताले २ हजार ५०० डलर र उपविजेताले १ हजार डलर पुरस्कार पाउनेछन्। साथै विभिन्न व्यक्तिगत विधामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

गत वर्ष सम्पन्न १४औँ संस्करणको फाइनलमा यति फुटबल क्लबले रोयल वेस्टर्न क्लबलाई ३–२ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो ।

प्रतियोगितामा नेपालका राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका चर्चित खेलाडीहरूको पनि सहभागिता रहने बताइएको छ ।

यति फुटबल क्लबका उपाध्यक्ष तथा प्रतियोगिताका संयोजक सज्जन शर्माले प्रतियोगिताले अस्ट्रेलियामा रहेका नेपाली समुदायबीच आपसी भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

कँडेल कन्सल्टेन्सी कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय