+

विश्वकपमा इरानको सहभागिता बारे ट्रम्प : आई डन्ट केयर

२०८२ फागुन  २० गते १०:५३ २०८२ फागुन २० गते १०:५३
विश्वकपमा इरानको सहभागिता बारे ट्रम्प : आई डन्ट केयर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६ मा इरानको सहभागितामा आफूलाई कुनै चासो नभएको बताएका छन् ।
  • इरान लगातार चौथो पटक विश्वकप छनोट भएको हो तर मध्यपूर्व तनावले विश्वकप सहभागिता अन्योलमा परेको छ ।
  • फिफाका महासचिव माटिएस ग्राफस्ट्रमले सबै टिम सहभागी हुने सुरक्षित विश्वकप गर्नेमा केन्द्रित रहेको प्रतिक्रिया दिएका छन् ।

२० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा विश्वकप २०२६ मा इरानको सहभागिताको विषयमा आफूलाई कुनै चासो नभएको बताएका छन् ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा उत्पन्न तनावपछि अमेरिकासहित उत्तर अमेरिकाको तीन राष्ट्रमा हुने विश्वकपमा इरानको सहभागिता अन्योलमा छ ।

यस विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिक्रियाद दिँदै आफूलाई चासो नभएको बताएका हुन् । ‘आई रियल्ली डन्ट केयर (मलाई वास्तवकै मतलव छैन) ।’ ट्रम्पले अमेरिकी अनलाइन पोलिटिकोसँग एक्सक्लुसिभ कुराकानीमा भनेका छन् । ‘मेरो विचारमा इरान एक धेरै नराम्रोसँग पराजित देश हो । उनीहरु साँच्चै थाकेको अवस्थामा छन् ।’

अहिलेसम्मकै सबैभन्दा ठूलो फुटबलकप रुपमा रहेको फिफा विश्वकप २०२६ अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुँदैछ । जुन ११ देखि जुलाई १९ सम्म हुने विश्वकपमा ४८ देशले प्रतिस्पर्धा गर्दैछन् ।

तर छनोट चरण नै पार गरेर विश्वकपमा स्थान बनाएको एसियाली राष्ट्र इरानको सहभागिता भने पछिल्लो घटनाक्रमले गर्दा अन्योलमा परेको छ । लगातार चौथो पटक विश्वकपमा छनोट भएको इरान रहेको समूहमा न्युजिल्यान्ड, बेल्जियम र इजिप्ट छन् ।

गत समरमा अमेरिकाले इरानको न्युक्लियर क्षेत्रमा बम प्रहार गर्दा इरानले विश्वकपबारे कुनै निर्णय गरेको थिएन ।

तर यस पटकको आक्रमकपछि भने विश्वकपमा सहभागि हुनेमा इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले नै शंका व्यक्त गरेका छन् । उनले यस विषयमा कस्तो कदम चाल्ने भन्ने आफ्नो देशको खेलकुदको शीर्ष अधिकारीले निर्णय गर्ने बताएका छन् ।

यस विषयमा फिफाले कुनै आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । तर फिफाका महासचिव माटिएस ग्राफस्ट्रमले सबै टिम सहभागि भएको सुरक्षित विश्वकप गर्नेमा आफूहरु केन्द्रित रहेको प्रतिक्रिया दिएका थिए ।

फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय