News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा लगातार दोस्रो साता चौथो स्थानमा रहेका छन्।
- दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक १६९ रन बनाए र बलिङमा २ विकेट लिएका थिए।
- आईसीसी टी-२०आई अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा छन् ।
२० फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमै यथावत् रहेका छन् ।
आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र लगातार दोस्रो साता पनि चौथोमै रहेका हुन् । आईसीसी टी-२० विश्वकपमा गरेको प्रदर्शनपछि २ साताअघि दीपेन्द्रको वरियता सुधार भएर छैटौंबाट चौथोमा उक्लिएका थिए ।
दीपेन्द्रले टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक (१६९) रन बनाए । बलिङमा २ विकेट लिए । त्यही प्रदर्शनबाट दीपेन्द्रको रेटिङ अंक बढेर हालसम्मकै उच्च (२४४) पुगेको थियो । उक्त अंक यस साता पनि कायम छ ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक २९४ बाट बढेर ३२८ पुगेको छ ।
भारतका हार्दिक पान्ड्या दोस्रोमा उक्लँदा पाकिस्तानका सायम अयुब तेस्रोमा झरेका छन् । हार्दिकको २८४ रेटिङ अंक छ भने अयुबको २७५ रेटिङ अंक छ ।
पाँचौंमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ २४१ अंकका साथ यथावत् छन् ।

प्रतिक्रिया 4