+
+
Shares

तेहरानमा खामेनीको अन्त्येष्टि गरिँदै, मोज्ताबा खामेनी नयाँ सर्वोच्च नेता बन्ने

इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार, गत शनिबार अमेरिका र इजरायलको हवाई आक्रमणमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि आज बुधबार तेहरानमा हुँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १४:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि २० फागुन बुधबार तेहरानमा तीन दिनसम्म चल्ने गरी सुरु हुँदैछ।
  • इरानी अधिकारीहरूले खामेनीका छोरा मोज्ताबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र आज घोषणा हुन सक्ने बताएका छन्।
  • इजरायली रक्षामन्त्री काट्जले नयाँ इरानी नेताले इजरायल विनाशको योजना जारी राखे विनाशको मुख्य लक्ष्य हुने चेतावनी दिएका छन्।

२० फागुन , काठमाडौं । इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार, गत शनिबार अमेरिका र इजरायलको हवाई आक्रमणमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि आज बुधबार तेहरानमा हुँदैछ ।

यो बिदाइ समारोह नेपाली समय अनुसार राति करिब पौने १२ बजे (१८:३० जीएमटी) सुरु हुने र तीन दिनसम्म चल्ने बताइएको छ।

यसैबीच, ‘न्युयोर्क टाइम्स’ले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै खामेनीका छोरा, मोज्ताबा खामेनीलाई नयाँ सर्वोच्च नेता चयन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र आजै यसको घोषणा हुन सक्ने उल्लेख गरेको छ।

इजरायलले भने इरानको नयाँ नेतृत्वका सम्बन्धमा कडा चेतावनी दिएको छ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानको जोसुकै नयाँ उत्तराधिकारी भए पनि यदि उसले ‘इजरायल विनाशको योजना’ र ‘अमेरिकाविरुद्धको धम्की’ लाई निरन्तरता दिएमा उसलाई विनाशको मुख्य लक्ष्य बनाइने घोषणा गरेका छन् ।

मन्त्री काट्जले नयाँ नेताको नाम वा लुक्ने स्थान जस्तोसुकै भए पनि इजरायलले त्यसलाई नछोड्ने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?