News Summary
Generated by OK AI. Editorially reviewed.- आइसीसी विश्वकप लिग–२ अन्तर्गतको ओमन, युएई र नेपालबिचको सिरिज आगामी सातादेखि काठमाडौंमा हुने तय भए पनि स्थगित भएको छ।
- नेपाल क्रिकेट संघ क्यानले मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै उक्त सिरिज स्थगित गरिएको विज्ञप्ति जारी गरेको छ।
- यूएई र नेपाल दुवै टोली मध्यपूर्वका देश भएकाले हालको परिस्थितिका कारण सो क्षेत्रमा उडानहरू नभएकाले सिरिज स्थगित भएको हो।
२० फागुन, काठमाडौं । आगामी सातादेखि काठमाडौंमा हुने आइसीसी विश्वकप लिग–२ अन्तर्गतको ओमन, युएई र नेपालबिचको सिरिज स्थगित भएको छ ।
मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै उक्त सिरिज स्थगित गरिएको नेपाल क्रिेकट संघ क्यानले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
यूएई र नेपाल दुवै टोली मध्यपूर्वका देश हुन् । हाल चलिरहेको परिस्थितिका कारण सो क्षेत्रमा उडानहरू पनि भएका छैनन् ।
सोही कारण यूएई र ओमानको क्रिकेट टोली नेपाल आउनेबारे पछिल्लो समय अन्योल देखिँदै आएको थियो ।
प्रतिक्रिया 4