२० फागुन, बुटवल । बुटवलको एक होटेलमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ ।
रुपन्देही-२ का रास्वपा उम्मेदवार सुलभ खरेलको सचिवालय रहेको बुटवल इट्टाभट्टीस्थित नमोबद्ध होटलमा मौन अवधि र निर्वाचन आचारसंहित गाडी र रास्वपा नेता कार्यकर्ता देखेपछि एमालेका युवा कार्यकर्ताहरूले होेटलभित्र प्रवेश गरेका थि। सो क्रममा झडप भएको प्रहरीले जनाएको छ ।
एमाले रुपन्देही उपसचिव बाबुराम पन्थीले मौन अवधि लागू भएको अवस्थामा निर्वाचन आचार संहिता विपरितका गतिविधि देखेपछि पार्टीका युवाहरुले निगरानी गर्ने क्रममा विवाद भएर सामान्य झडप भएको बताए ।
झडपमा एमाले छाडेर केही समय अघि रास्वपा प्रवेश गरेका सैनामैनाका पुर्व मेयर चित्रबहादुर कार्की, रास्वपा बुटवल ११ का सभापति सुनिल शाही लगायतका व्यक्ति सामान्य घाइते भएका छन् । यस्तै समानुपातिक उम्मेदवार निर्माण व्यवसायी संघ रुपन्देही अध्यक्ष मन्जु भुसालका पति नारायण भुसालको गाडीमा पनि क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता कृष्ण कुमार चन्दले रास्वपा र एमालेका कार्यकताबीच केही बरे झगडा भएको बताए ।
‘सरसर्ती हेर्दा निर्वाचन आचारसंहिता उल्लंघन भएको देखिन्छ त्यही विषयमा दुई पक्षबीच झगडा भएको हो, अहिले अवस्था सामान्य भएको छ’, डीएसपी चन्दले भने, ‘प्रहरी घटनास्थल पुगेर बुझिरहेको छ, अनुसन्धानपछि थप कुरा आउला ।’
युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण कुमालले भने रास्वा नेताहरूले सुकुम्बासी बस्तीमा पुगेर पैसा बांड्ने सूचना पाएर पिछा गर्दा रास्वपा नेताहरु होेटलभित्र गएका र आफूहरू पनि के रहेछ रु भनेर बुझ्न जांदा आचारसंहिता विपरित शंकास्पद गतिविधि देखेपछि प्रतिवाद गरेको बताए ।
रास्वपा उम्मेदवार खरेलले सहानुभूति बटुल्न आफूमाथि आक्रमण प्रयास भएको झुठो प्रचार गरेको कुमालले बताए । रास्वपा नेता चित्र कार्कीले आफूलाई एमालेमा फर्काउने प्रयास सफल नभएपछि प्रतिशोध सांधेर आफूमाथि हातपात भएको बताए ।
रुपन्देही-२ मा नेकपा एमालेका पार्टी उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल, रास्वपाका सुलभ खरेलबीच मुख्य प्रतिस्पर्धा छ ।
प्रतिक्रिया 4