२१ फागुन, रोल्पा । विगतमा चुनाव बहिष्कार गर्दै आएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले १८ वर्षपछि रोल्पाबाट मतदान गरेका छन् ।
यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् ।
विप्लवले परिवर्तन गाउँपालिका-३ थुनिकोट बाल शिक्षा माविको ‘क’ केन्द्रमा मतदान गरेका हुन् ।
मतदान गर्न उनी बुधबार जन्म गाउँ इरिबाङ पुगेका थिए । पछिल्लो समय कपिलवस्तु बस्दै आएका उनी चुनावी प्रचारको समयमा समेत रोल्पा आएका थिए ।

उनले रोल्पाबाटै चुनाव लड्न चाहेका पनि थिए । पार्टीले नेतृत्व अहिलेले चुनावमा भाग नलिने नीति लिएपछि उनि चुनावमा उम्मेदवार नबनेको बताएका छन् ।
आफूले १८ वर्षपछि पहिलोपटक मतदान गरेको समेत बताएका छन् । रोल्पा क्षेत्र-१ बाट उनको पार्टीबाट पोलिटब्युरो सदस्य चुडामणि वली चुनावी मैदानमा छन् ।
प्रतिक्रिया 4