News Summary
Generated by OK AI. Editorially reviewed.- देशभर २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान जारी छ।
- देशभर सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ र काठमाडौं उपत्यकाका सडक सुनसान छन्।
- ट्राफिक प्रहरीले अनुमति नलिई सञ्चालन गरिएका सवारीलाई रोक लगाएको छ र साँझ ५ बजेपछि मात्र सञ्चालन गर्न दिइनेछ।
२१ फागुन, काठमाडौं । देशैभर आज प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान जारी छ । आज देशभर सार्वजनिक सवारी सञ्चालनमा भने रोक लगाइएको छ । काठमाडौं उपत्यकाका सडक सुनसान छन् । सडकमा अनुमति प्राप्तबाहेकका सवारी सञ्चालन नहोस् भनेर ट्राफिक प्रहरीले जाँचमा पनि कडाइ गरेको छ ।
बिरामी बोकेका गाडी-एम्बुलेन्स, कूटनीतिक नियोगका गाडीलगायत अनुमति पाएका गाडीहरूलाई सञ्चालनमा कुनै रोक लगाइएको छैन । सवारीको संख्या पातलो हुँदा काठमाडौंका सडक सुनसानजस्तै छन् ।
अनुमति नलिई सञ्चालन गरिएका गाडीलाई भने रोक लगाइएको छ। यस्ता सवारीलाई साँझ ५ बजेपछि मात्रै सञ्चालन गर्न दिइनेछ । अनुमति नपाएका सवारीलाई सडकमै रोकेर राखिएको छ । कतिपय मतदान केन्द्रहरू सडकछेउमै भएकोले सडकमा मतदाताहरू लाइन लगाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4