News Summary
Generated by OK AI. Editorially reviewed.- तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा कर्मचारीमाथि हातपात प्रयासपछि मतदान रोकिएको छ र अझै सुरु हुन सकेको छैन।
- प्रहरीले मतपत्र लुटपाट रोक्न हवाई फायर गरेको र दलका प्रतिनिधि (एजेन्ट)लाई सुरक्षित ठाउँमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले बताए।
- उनले मतपत्र लुट्न खोज्ने दलका केही प्रतिनिधिका कारण समस्या भएको र मतदान केन्द्रमा छलफल जारी रहेको जानकारी दिए।
२१ फागुन, काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन । कर्मचारीमाथि हातपातको प्रयासभएपछि प्रहरीले हवाई फायर गरेको थियो ।
त्यसपछि रोकिएको मतदान अझै सुरु हुन नसकेको हो । सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले रोकिएको मतदान सुरु नसकेको र छलफल जारी रहेको जानकारी दिए ।
‘बुथ एजेन्टहरूलाई सुरक्षित ठाउँमा राखिएको छ । मतपत्र लुटपाट हुन थालेपछि उहाँहरूलाई सुरक्षित स्थानमा लगिएको हो’ उनले अनलाइनखबरसँग भने ।
बुथमा दलका प्रतिनिधि (एजेन्ट)ले नै मतपत्र लुटेपछि प्रहरीले नियन्त्रणमा लिएको हो? प्रश्नमा उनले थपे, ‘नियन्त्रण होइन । सुरक्षित ठाउँमा राखेका हौँ । दलका केही प्रतिनिधिले मतपत्र लुट्न खोजेपछि समस्या भएको चाहिँ हो ।’
प्रतिक्रिया 4