+
+
Shares

चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १२:२९
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन क्षेत्र नम्बर-३ मा निर्वाचनका लागि खटिएका कर्मचारीले मतदातालाई भोट के मा हाल्नुभयो भन्दै सोधेको कारण पक्राउ परेका छन्।
  • जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ती कर्मचारीलाई प्रहरीको नियन्त्रणमा राखिएको जानकारी दिनुभएको छ।
  • यो घटना चितवनको माडीमा भएको हो जहाँ नेकपा र रास्वपा लगायतका पार्टीका उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन्।

२१ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर-३ मा निर्वाचनका लागि खटिएका कर्मचारीले भोट के मा हाल्नुभयो भन्दै मतदातालाई सोधेपछि पक्राउ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार ती कर्मचारीलाई अहिले प्रहरीको नियन्त्रणमा राखिएको छ । उनी कार्यालय सहयोगी तहका कर्मचारी हुन् ।

उनले भोट दिइसकेका मतदातालाई केमा भोट दिनुभयो भन्दै सोधेको पाइएको अर्यालले बताए ।

यो चितवनको माडीको घटना हो । यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रेनु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सोबिता गौतम लगायत  चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?