+
+
Shares

सिन्धुलीमा ३२ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीमा प्रतिनिधिसभा सदस्य चयनका लागि ३२ प्रतिशत मत खसेको छ र ६५ हजार ३१२ मतदाताले मतदान प्रक्रियामा भाग लिएका छन्।
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले भने, 'शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ र मतदाताले उत्साहका साथ भाग लिइरहनुभएको छ।'

२१ फागुन, काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा सदस्य चयनका लागि भइरहेको मतदानको क्रममा सिन्धुलीमा हालसम्म ३२ प्रतिशत मत खसेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार सिन्धुलीमा ३४ हजार ९४८ महिला र ३० हजार ३६४ पुरुष गरी ६५ हजार ३१२ मतदाता मतदान प्रक्रियामा सहभागी भएका छन् ।

‘अहिलेसम्म कूल मतदाता संख्याको ३२ प्रतिशत मत खसेको छ,’ एसपी सुवेदीले भने, ‘शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ । उत्साहका साथ मतदाताले भाग लिइरहनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?