२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि जारी निर्वाचनमा काठमाडौं–२ मा दुईजना किरियापुत्रीले मतदान गरेका छन् ।
आमाको किरिया बसिरहेका नेपाल तरूण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र उनका दाइ रमेशकुमार शाहले मतदान गरेका हुन् ।
काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित ब्रिज वाटर इन्टलनेशनल स्कुल मतदान केन्द्रमा मतदानका लागि दिनेश दाइ रमेशका साथ पुगेका थिए ।
मतदानपछि सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै सचिव दिनेशले लेखेका छन्, ‘नछुटौं आफ्नो मताधिकार प्रयोग गरौं । हामी दाजुभाइले त हाम्रो मताधिकार प्रयोग ग¥यौं ।’
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट कवीर शर्मा, नेकपा एमालेबाट मणिराम फुयाल, नेपाली कम्युनिस्ट पार्टीबाट नितेश पौडेल चुनावी प्रतिष्पर्धामा छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुनिल केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल (उपाध्याय) उम्मेदवार छन् । गत निर्वाचनमा यो क्षेत्रमा रास्वपा नेतृ सोविता गौतम विजयी भएकी थिइन् ।
प्रतिक्रिया 4