+
+
Shares

स्याङ्जाको बालज्योति विद्यालयमा दुई घण्टा रोकिएको मतदान फेरि सुरु

७०१ मतदाता रहेको उक्त केन्द्रमा अहिले मतदाता मतदान गर्न लाइनमा बसिसकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १४:१७

२१ फागुन, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा विवाद हुँदा केही बेर रोकिएको मतदान फेरि सुरु भएको छ ।  निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि उत्पन्न विवादका कारण मतदान प्रक्रिया अवरुद्ध भएको थियो ।

मतदान केन्द्रमा १७१ मत खसिसकेपछि विवाद चर्किएको थियो । त्यसपछि तत्काल प्रयोगमा रहेका दुवै मतपेटिकालाई सिलबन्दी गरेर छुट्टै गणना गर्ने सहमति भएपछि मतदान पुन: सञ्चालन गरिएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए ।

उनका अनुसार घटनाबारे निर्वाचन आयोगलाई जानकारी पठाइसकिएको छ । त्यसपछि प्रत्यक्ष र समानुपातिक दुवै तर्फका लागि नयाँ मतपेटिका राखेर मतदान प्रक्रिया अघि बढाइएको हो । झन्डै दुई घण्टा रोकिएको मतदान अहिले भने सहज रूपमा सञ्चालन भइरहेको छ ।

७०१ मतदाता रहेको उक्त केन्द्रमा अहिले मतदाता मतदान गर्न लाइनमा बसिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?