News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा सदस्य चयनका लागि जारी निर्वाचनमा १०७ वर्षीय जनकलाल दाहालले कैलालीको धनगढीस्थित मतदान केन्द्रमा मतदान गरेका छन्।
- गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा भंग भएकाले बिहीबार प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान हुँदैछ।
- उदयपुरका १०२ वर्षीय अमृतबहादुर कार्कीले पनि नेपालटार माध्यामिक विद्यालयस्थित मतदान केन्द्रमा मतदान गरेका छन्।
२१ फागुन, कैलाली । प्रतिनिधिसभा सदस्य चयन गर्न जारी निर्वाचनमा १०७ वर्षीय जेष्ठ नागरिकले पनि मतदान गरेका छन् ।
कैलालीको धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र पुगेर १०७ वर्षका जनकलाल दाहालले मतदान गरेका हुन् ।
गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा भंग भएकाले प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान हुँदैछ ।
यसअघि, आजै उदयपुरका १०२ वर्षीय जेष्ठ नागरिकले मतदान गरेका थिए । उदयपुरगढी नगरपालिका–६ जगरेटारका १०२ वर्षीय अमृतबहादुर कार्कीले नेपालटार माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (क) मा पुगेर मतदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4