+
+
Shares

डोल्पाको उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग गरिने

पूर्ण सार्की पूर्ण सार्की
२०८२ फागुन २१ गते १६:२०

२१ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाका २३ मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका सदरमुकाम ल्याइने भएको छ ।

दुर्गम भूगोल र सडक पहुँच नहुँदा मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न हेलिकप्टर प्रयोग गर्न लागिएको हो ।

ती मतदान केन्द्रबाट संकलित मतपेटिका सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

मतपेटिका ओसारपसारका लागि हेलिकप्टर जिल्लामा आइपुगेको र शुक्रबार बिहानदेखि मतपेटिका ढुवानी कार्य सुरु गरिने प्रशासनले जानकारी दिएको छ ।

माथिल्लो डोल्पाका मतदान केन्द्रहरू अत्यन्त दुर्गम र उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले सडक मार्गबाट मतपेटिका ल्याउन सम्भव नभएकाले हवाई माध्यम प्रयोग गर्न लागिएको प्रशासनको भनाइ छ ।

माथिल्लो डोल्पाका मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी लगायतको टोलीलाई समेत दुई हेलीकप्टरको प्रयोग गरी मतदान केन्द्रमा पठाइएको थियो ।

प्रशासनले पहिला मतपेटिका र सम्बन्धित मतदान केन्द्रका अधिकृतलाई सदरमुकाम ल्याइने र पछि मतदान केन्द्रमा खटिने कर्मचारी ल्याइने समेत जानकारी दिएको छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?