+
+
Shares

९१ वर्षीया कमलादेवीको मत : ‘पनाति–पनातिनीको भविष्यका लागि’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १७:०५

२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोक जिल्ला–२ मा ९१ वर्षीया कमलादेवी चौलागाईंले मतदान गरेकी छन् ।

इन्द्रावती गाउँपालिका–८ निवासी उनले चन्द्रावती आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेकी हुन् ।

उमेरको उत्तरार्धमा समेत मतदानप्रति उत्साह देखाएकी कमलादेवीले आफ्ना पनाति–पनातिनीको भविष्यका लागि भोट हालेको बताइन् ।

‘अहिलेसम्म कयौं पटक भोट हालेँ, तर दु:खमै जीवन बित्यो,’ उनले भनिन्, ‘अब म डाँडापारीको घाम भइसकेँ । अब त पनाती–पनातिनीले सुख पाऊन् भन्ने चाहना छ ।’

यस क्षेत्रमा नेकपा एमालेबाट शेरबहादुर तामाङ, नेपाली कांग्रेसबाट वंशलाल तामाङ, नेपाल कम्युनिष्ट पार्टीबाट युवराज दुलाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट झलकुमार श्रेष्ठसहित १८ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार सिन्धुपाल्चोक क्षेत्र २ मा १ लाख ३८ हजार ०१३ जना मतदाता रहेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा ७६ हजार मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?