+
+
Shares

रौतहटमा आजै रातिदेखि मतगणना गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १७:४१

२१ फागुन, रौतहट । रौतहटमा आजै रातिदेखि मतगणना गर्ने तयारी गरिएको छ ।

निर्वाचन अधिकृत छोटेलाल दासका अनुसार जिल्लाका चार स्थानमा मतगणना गर्ने तयारी गरिएको छ।

मतपेटिका संकलन तथा आवश्यक व्यवस्थापन कार्य सम्पन्न भएपछि आजै रातिदेखि मतगणना प्रक्रिया अघि बढाइने उनले बताए ।

दासका अनुसार गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयमा क्षेत्र न. १ को मतगणना हुनेछ भने २ को ब्रम्हज्योति मावि लौकाहा, ३ को जनता मावि कटहरिया र ४ को जनज्योति उच्च माविमा मतगणना हुने छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रौतहट जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजे शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?