+
+
Shares

सिन्धुपाल्चोकमा करिब ५२ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १७:४९

२१ फागुन, चौतारा । सिन्धुपाल्चोकमा करिब ५२ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान मतदान सम्पन्न भएकोे हो ।

मेलम्ची नगरपालिका–१० स्थित शीतलादेवी माध्यमिक विद्यालयको मतदान केन्द्रमा सामान्य विवादका कारण केहीबेर मतदान अवरुद्ध भएको थियो ।

छिटपुट सामान्य विवाद बाहेक जिल्लाभर मतदान प्रक्रिया सौहार्दपुर्ण रूपमा सम्पन्न भएको जनाइएको छ ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा कुल २ लाख ७४ हजार ९ सय ९८ मतदाता रहेका छन् ।

जिल्लाका १२ स्थानीय तह र १०३ वडामा १ सय ४६ मतदान स्थलमार्फत ३ सय ३८ मतदान केन्द्रबाट मतदान भएको हो ।

दुवै निर्वाचन क्षेत्रमा १८–१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

अहिले मतपेटिका संकलन गरि सुरक्षीत रुपमा मत गणना स्थलमा ल्याउने काम सुरु भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?