+
+
Shares

रुपन्देहीमा खस्यो ६० प्रतिशत मत

रुपन्देहीका-५ वटै निर्वाचन क्षेत्रमा खटेका निर्वाचन अधिकृतहरूले दिएको प्रारम्भिक तथ्यांक अनुसार ६० प्रतिशत मत खसेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १८:२८

२१ फागुन, बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीमा ६० प्रतिशत मत खसेको छ । रुपन्देहीका-५ वटै निर्वाचन क्षेत्रमा खटेका निर्वाचन अधिकृतहरूले दिएको प्रारम्भिक तथ्यांक अनुसार ६० प्रतिशत मत खसेको हो ।

क्षेत्र नं १ मा ५९ प्रतिशत अर्थात ८६ हजार बढी मत खसेको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए । यहाँ एक लाख ४६ हजार ८२४ मतदाता छन् ।

क्षेत्र नं २ मा पनि ५९ प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए । यहाँ एक लाख ३५ हजार ५० मतदाता छन् ।

क्षेत्र नं ३ मा करिब ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृत अशोकबहादुर बस्नेतले जानकारी दिए । यो क्षेत्रमा एक लाख ४० हजार ३५ मतदाता छन् ।

यसैगरी क्षेत्र नं ४ मा सबैभन्दा बढी अर्थात ६७ प्रतिशत मत खसेको निर्वाचन अधिकृत टोपबहादुर विष्टले जानकारी दिए ।

रुपन्देही क्षेत्र नं ५ मा ६० प्रतिशत बढी मत खसेको निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीले जानकारी दिए । यहाँ एकलाख ३४ हजार ४ मतदाता छन् ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देही प्रमुख कल्पना अर्यालले पाँच वटै क्षेत्रमा खसेको मतको अन्तिम यकिन तथ्यांक आउन केही घण्टा लाग्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?