+
+
Shares

सङ्खुवासभाको थुदाममा जम्मा १२ मत खस्यो

सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाको थुदाममा १२ मत मात्र खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते २१:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सङ्खुवासभाको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रमा १२ मत मात्र खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए।
  • थुदाम मतदान केन्द्रमा ४ महिला र ९ पुरुषले मतदान गरेका थिए र यातायात तथा सञ्चार अझै पुग्न सकेको छैन।
  • सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख १९ हजार ६ सय ३० मतदाता छन् र थुदाममा २८ महिला र ३५ पुरुष मतदाता रहेका छन्।

२१ फागुन, संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाको थुदाममा १२ मत मात्र खसेको छ ।

जिल्लाको भोटखोला स्थित थुदाम मतदान केन्द्रमा सबै भन्दा कम ६३ मतदाता रहेको छन् । दुर्गम मानिएको उत्तरी क्षेत्र भोटखोलाको दूधपोखरी आधारभूत विद्यालय थुदाममा १२ मत मात्र खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दूधपोखरी आधारभूत विद्यालय थुदाममा ४ महिला र ९ पुरुषले मतदान गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए ।

थुदाममा यातायात र सञ्चार अहिलेसम्म पुग्न सकेको छैन । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । थुदाम मतदान स्थलमा २८ महिला र ३५ पुरुष मतदाता छन् ।

थुदाम मतदान स्थलमा २०७९ सालको निर्वाचनमा २० मत खसेको थियो । भोटखोला गाउँपालिकामा ११ वटा मतदान स्थल र ५ हजार ६ सय २७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?