+
+
Shares

कोशीमा ५८.६५ प्रतिशत मतदान, पाँच जिल्लामा आधा पनि पुगेन

सुरक्षा निकायले संकलन गरेको विवरण अनुसार ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, भोजपुर र पाँचथरमा ५० प्रतिशत भन्दा कम मत खसेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते २१:३२

२१ फागुन, विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा कोशी प्रदेशमा ५८.६५ प्रतिशत मतदान भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा ३५ लाख ७४ हजार ३१० मतदाता थिए ।

प्रारम्भिक विवरण अनुसार २० लाख ९६ हजार ४९५ मत खसेको हो । खसेको मत मध्ये पुरुष १० लाख २५ हजार ९६८, महिला १० लाख ७० हजार ५२०, अन्य ७ जना छन् ।

कोशी प्रदेशका पाँच जिल्लामा ५० प्रतिशत भन्दा कम मत खसेको छ । सुरक्षा निकायले संकलन गरेको विवरण अनुसार ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, भोजपुर र पाँचथरमा ५० प्रतिशत भन्दा कम मत खसेको हो ।

ओखलढुंगामा ५९ हजार ७९ मत खसेको छ । यो जिल्लामा एक लाख २२ हजार ७१५ मतदाता थिए । खसेको मतको संख्या ४८.१४ प्रतिशत हो ।

एक लाख ४७ हजार १२० मतदाता रहेको खोटाङमा ६३ हजार ३५ मत खसेको छ । यो ४२.८५ प्रतिशत हो ।

८५ हजार ५१५ मतदाता रहेको सोलुखुम्बुमा ४१ हजार ४०१ मत खसेको छ । यो ४८.४१ प्रतिशत हो ।

एक लाख ४३ हजार ४०८ मतदाता रहेको पाँचथरमा ७१ हजार १७० अर्थात  ४९.६३ मत खसेको छ ।

सबैभन्दा बढी मोरङमा मतदान भएको छ । ७ लाख ८३ हजार ५० मतदाता रहेको मोरङमा ५ लाख ५ हजार ५१४ अर्थात ६४.५६ मत खसेको छ ।

सात लाख १३ हजार ५३७  मतदाता रहेको झापामा ४ लाख ५८ हजार २७९ मत खसेको छ । यो  ६४.२३ प्रतिशत हो ।

दुई लाख ३१ हजार ८०९  मतदाता रहेको इलाममा एक लाख ३२ हजार २१४ अर्थात  ५७.०४ प्रतिशत मत खसेको छ ।

९० हजार ३२७ मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ४०२ मत खसेको छ । यो ५१.३७ प्रतिशत हो ।

पाँच लाख ८० हजार ९४५ मतदाता रहेको सुनसरीमा तीन लाख ६९ हजार ६ सय अर्थात ६३.६२ प्रतिशत मत खसेको छ । एक लाख १८ हजार ४२५ मतदाता रहेको  धनकुटामा ६४ हजार ३१५ अर्थात  ५४.३१ प्रतिशत मत खसेको छ ।

७३ हजार १३७ मतदाता रहेको  तेह्रथुममा ३९ हजार ९९३ अर्थात् ५३.५९ मत खसेको छ ।  एक लाख १९ हजार ६३० मतदाता रहेको संखुवासभामा ६३ हजार ६३४ मत खसेको छ । यो ५३.१९ प्रतिशत हो ।

दुई लाख ३८ हजार ९२६ मतदाता रहेको उदयपुरमा एक लाख २४ हजार ५९० मत खसेको छ । यो  ५२.१५ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?