२१ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । केहीबेर अघि बैठक सुरु भएको हो । बैठकपछि गणनाबारे निर्णय लिने बताइएको छ ।
यो क्षेत्र सबैभन्दा बढी चर्चा भएको क्षेत्र हो ।
भावी प्रधानमन्त्रीको रूपमा अघि सरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार भएका कारण यो क्षेत्र बढी चर्चामा रह्यो ।
ओली र बालेन दुवै मतदानको क्रममा निर्वाचन क्षेत्र पुग्न सकेनन् । भोट हाल्न काठमाडौं आएका बालेनको टोलीको सुरक्षा चुनौती रहेको भन्दै हेलिकप्टर ल्यान्ड नै नगरी काठमाडौं फर्कियो ।
ओली भने भक्तपुरको बालकोटमा मतदान गरी यतै बसे ।
१ लाख ६३ हजार ३७९ मतदाता रहेको झापा–५ मा ६५ प्रतिशत बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा ओली र शाहसहित २४ उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4