+
+
Shares

काठमाडौं–५ मा पनि रास्वपाकै सुरुवाती अग्रता, ईश्वर पोखरेल धेरै पछि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ३:२३

२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १४२४ मतसहित सुरुवाती अग्रता लिएका हुन् ।

दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन् । उनले ४१२ मत प्राप्त गरेका छन् ।

तेस्रोमा एमाले छ । एमालेका उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन् ।

बुढानीलकण्ठ–६ को मत गणना हुँदा आएको यो प्रारम्भिक मत हो ।

यो क्षेत्रमा यसअघि कांग्रेसका पौडेलले जितेका थिए । एमालेका पोखरेल भने त्यतिबेला दोस्रो भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?