+
+
Shares

चितवन-१ मा मतगणना सुरु 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन क्षेत्र नम्बर १ को मतगणना राप्ती नगरपालिका वडा नम्बर १३ बाट सुरु भएको छ।
  • बिहीबार भएको निर्वाचनमा चितवन(१ मा ९६ हजार १ सय ५४ मतदाता सहभागी भएका छन्।
  • यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी लगायतका उम्मेदवार छन्।

२२ फागुन, भरतपुर । चितवन क्षेत्र नम्बर १ को मतगणना भरखरै सुरु भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर १३ बाट गणना सुरु भएको हो । बिहीबार भएको निर्वाचनमा चितवन(१ मा ९६ हजार १ सय ५४ मतदान भएको छ ।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, नेपाली कांग्रेसबाट राजेन्द्र बुर्लाकोटी, नेकपा एमालेबाट दावा लामा, नेपाली कम्युनिस्ट पार्टीबाट डा. कृष्णराज पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलराम खनाल लगायत उम्मेदवार छन् ।

यो निर्वाचन क्षेत्रमा चितवनका तीन पालिकाहरू राप्ती, खैरहनी र रत्ननगर पर्दछन् । २०७९ मा भएको निर्वाचनमा चितवन(१ बाट रास्वपाका हरि ढकाल विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?