+
+
Shares

पर्साका चारै क्षेत्रमा रास्वपा अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १६:४८

२२ फागुन, वीरगञ्ज । पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् ।

पर्सा क्षेत्र नम्बर-१ मा रास्वपाका बुद्धिबहादुर पन्तले अग्रता लिएका छन् । उनले २ हजार २५१ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका प्रदीप यादवले १ हजार २०८ मत पाउँदा नेपाली कांग्रेसका अनिल रुंगटाले १ हजार १ मत प्राप्त गरेका छन् ।

त्यसै गरी पर्सा क्षेत्र नम्बर-२ मा रास्वपाका सुशील साह कानु ३ हजार ७०९ मत प्राप्त गरी अग्रस्थानमा छन् ।

नेकपा एमालेकी रिमाकुमारी यादवले १ हजार ७८७ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका अजय चौरसियाले १ हजार ५५८ मत प्राप्त गरेका छन् ।

पर्सा क्षेत्र नम्बर ३ मा पनि रास्वपाले नै अग्रता लिएको छ । रास्वपाका रामाकान्त चौरसियाले २ हजार ३० मत ल्याएर अग्रता कायम गरेका हुन् ।

नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले १ हजार ८८ मत ल्याएर चौरसियालाई पछ्याइरहेका छन् ।

एमालेका रुपेश पान्डेयले ४८९ मत प्राप्त गरेका छन् ।

त्यस्तै पर्सा-४ मा पनि रास्वपाको अग्रता छ । रास्वपाका टेकबहादुर शाक्यले ५ सय ७५ मत ल्याएका छन् । नेकपा एमालेका जालिम मियाँ मंसुरीले २३३ र कांग्रेसका रमेश रिजालले १७४ मत प्राप्त गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?