+
+
Shares

कैलाली-४ मा पनि रास्वपाको अग्रता, लेखराज भट्ट चौथो

पहिलोपल्ट सार्वजनिक गरिएको मतपरिणाम अनुसार कैलाली-४ मा ५०१ मतसहित रास्वपा उम्मेदवार खेमराज कोइरालाले अग्रता लिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १६:५९

२२ फागुन, काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरूवाती अग्रता लिएको छ । केहीबेरअघि पहिलोपल्ट सार्वजनिक गरिएको मतपरिणाम अनुसार कैलाली-४ मा ५०१ मतसहित रास्वपा उम्मेदवार खेमराज कोइरालाले अग्रता लिएका छन् ।

उनलाई नेपाली कांग्रेसका गोरखबहादुर विष्ट १६२ मतसहित पछ्याइरहेका छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार कमल रजवार ४४ मतसहित तेस्रो स्थानमा छन् ।

कैलाली-४ मा उम्मेदवार रहेको नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले ३० र श्रम संस्कृति पार्टीका उम्मेदवार भीमबहादुर थापामगररले १८ मत पाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हरिराम चौधरीले १३ मत ल्याएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?