+
+
Shares

काठमाडौं-८ : विराजभक्त निर्वाचित, उपविजेता सायमीको जमानत जफत

काठमाडौं क्षेत्र नम्बर ८ मा निकटतम प्रतिद्वन्द्वी (उपविजेता) कै जमानत जफत भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १८:४४

२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ मा निकटतम प्रतिद्वन्द्वी (उपविजेता) कै जमानत जफत भएको छ ।

यो क्षेत्रमा कुल सदर मत ३६ हजार ४१३ खसेको थियो । जसमध्ये २४ हजार ५९२ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत ल्याए । जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

तर सायमीले १० प्रतिशत मत समेत ल्याउन सकेनन् । जमानत जोगाउन ३ हजार ६४२ मत ल्याउनु पर्नेमा ३ हजार २१७ मत मात्रै ल्याएपछि सायमीको जमानत जफत भएको हो । यो क्षेत्रका विजेता बाहेक अरु सबैको जमानत जफत भएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?