+
+
Shares

रुपन्देही-२ : एमालेका विष्णुभन्दा रास्वपाका सुलभ २३ हजार मतले अगाडि

रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले २३ हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २१:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले २९ हजार ३९४ मतसहित २३ हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेका छन्।
  • नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ६ हजार २७१ र नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ४ हजार २१८ मत प्राप्त गरेका छन्।
  • यो निर्वाचन क्षेत्रमा २०६४ देखि लगातार जित्दै आएका एमाले उपाध्यक्ष पौडेल ठूलो मतान्तरले पछाडि परेका छन् र मतगणना जारी छ।

२२ फागुन,बुटवल । रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलले २३ हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेका छन् ।

जारी मतगणनामा खरेलले २९ हजार ३९४ मतसहित फराकिलो अग्रता कायम राखेका छन् ।

नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ६ हजार २७१ र नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ४ हजार २१८ मत ल्याएका छन् ।

त्यस्तै नेकपाका विश्वदीप पाण्डेले ७२६ मत ल्याएका छन् । यो निर्वाचन क्षेत्रमा २०६४ देखि लगातार जित्दै आएका एमाले उपाध्यक्ष पौडेल धेरै पछि परेका छन् । मतगणना शुरु भएदेखि नै पौडेल ठूलो मतान्तरले निरन्तर पछाडि परेका छन् । यहाँ १ लाख ३५ हजार ५० मतदाता रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?