News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका मोहन आचार्य १० हजार ६ सय ५६ मत प्राप्त गरी निर्वाचित भएका छन्।
- मोहन आचार्यले रसुवा जिल्लाबाट २०७४ र २०७९ पछि तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
- रसुवामा ६०.६१ प्रतिशत मतदान भएको र कुल मतदाता ४१ हजार ४ सय ७१ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
२२ फागुन, रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् ।
१० हजार ६सय ५६मत प्राप्त गरी आचार्य निर्वाचित भएका छन् । उनले मतगणनाको सुरुदेखि अग्रता कायम गरेका थिए ।
उनको यो तेस्रो जित हो । उनी रसुवा जिल्लाबाट २०७४ र २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरे ।
हिजो भएको मतदानमा रसुवामा ६०.६१ प्रतिशत अर्थात् २५ हजार १ सय ३६ मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा २५ हजार १ सय ३६ जनाले मतदान गरेका थिए।
रसुवा जिल्लामा कुल मतदाता ४१ हजार ४ सय ७१ जना रहेका छन् ।
प्रतिक्रिया 4