News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले १२ हजार ११४ मत गणना हुँदा ३ हजार ७२४ मत पाएका छन्।
- नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ३ हजार ४ मत ल्याएर हरिमोहन भण्डारीलाई ६९६ मतले पछ्याइरहेका छन्।
- नेकपा एमालेका दामोदर भण्डारीले २ हजार ५३७ र नेपाली कम्युनिष्ट पार्टीका परमान्नद भट्टले १ हजार ६३१ मत पाएका छन्।
२३ फागुन, बैतडी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । प्रारम्भिक मत परिणामअनुसार १२ हजार ११४ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले ३ हजार ७२४ मत ल्याएका छन् ।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ३ हजार ४ मत ल्याएर पछ्याइरहेका छन् । भण्डारी र चन्दबीच ६९६ को मतान्तर रहेको छ। यस्तै नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले २ हजार ५३७ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार परमान्नद भट्टले १ हजार ६३१ मत ल्याएका छन् ।
१२ हजार ११४ मत गणना हुँदा बदर मत ८०७ रहेको छ । यहाँ शुक्रबार दिउँसो साढे एक बजेपछि मतगणना सुरु गरिएको थियो । बिहीबार सम्पन्न मतदानमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए ।
प्रतिक्रिया 4