+
+
Shares

करिब ४ हजार मत गन्न बाँकी हुँदा महावीर पुन १२ हजार भन्दा बढीले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीमा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा स्वतन्त्र उम्मेदवार महावीर पुनले १२ हजार ६०० मतान्तरले अग्रता बनाएका छन्।

२३ फागुन, म्याग्दी । प्रतिनिधीसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेद्‍वार महावीर पुन करिब ४ हजार मतगणना बाँकी हुँदा १२ हजार ६०० बढी मतान्तरले अगाडि छन् ।

धवलागिरी, मालिका, मंगला गाउँपालिका, बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको ४१ वटा वडाको मतगणना सकिदाँ पुनले २० हजार २०८ मतसहित अग्रता बनाएका छन् ।

पुनको गृहपालिका अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ को ३९०० मत गणना हुँन बाँकी छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार  ५२४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले जानकारी दिए ।

नेपाली काँग्रेसका कर्णबहादुर भण्डारी (के.बी.)ले ६ हजार २७५, नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले ३ हजार ४१२ मत प्राप्त गरेका छन् । बिहीबार भएको मतदानमा म्याग्दीमा ४६ हजार २१५ मत खसेको थियो । ४२ हजार ४४५ मतगणना सकिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?