२३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग ३१ हजार मतले पछि परेका छन् ।
मतगणनाको पछिल्लो परिणामअनुसार बालेनको मत ४२ हजार ५४३ पुगेको छ । ११ हजार ४२७ मतसहित ओलीले उनलाई पछ्याइरहेका छन् ।
झापा–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार सात हजार १०७ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले एक हजार २०२ मत ल्याएकी छन् ।
यहाँ अन्य उम्मेदवारले चार अंकको योगफल जोड्न सकेका छैनन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९९६ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले ९११ मत जोडेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा–५ मा अहिलेसम्म ६७ हजार ८५५ मत गणना भएको छ । जसमध्ये ६५ हजार ३८ मत सदर भएको छ । आयोगका अनुसार दुई हजार ८१७ मत बदर भएको छ ।
प्रतिक्रिया 4