News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरी १८ हजार २५३ मतान्तरले विजयी भएका छन्।
- चौधरीले २८ हजार ९४६ मत ल्याउँदा एमालेका अजय गुप्ताले १० हजार ६९३ मत प्राप्त गरे।
- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ७ हजार ६६९ मत पाउँदै चौथो स्थानमा रहे।
२३ फागुन, रौतहट । रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका अजय गुप्तालाई उनले १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन् ।
चौधरीले २८ हजार ९४६ मत ल्याउँदा एमालेका गुप्ताले १० हजार ६९३ मत ल्याए । त्यस्तै कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५७४ मत ल्याए ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने तारा चुनाव चिन्हबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै ७ हजार ६६९ मत प्राप्त गरी चौथो स्थानमा सीमित भए ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवारले छाता चिन्हबाट ६ हजार ८४६ मत प्राप्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4