+
+
Shares

एउटा मर्मस्पर्शी दृश्य : जब सुरक्षाकर्मीले नालीमा फसेको कुकुरको बच्चा निकाले

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते १७:३३
तस्विर : आर्यन धिमाल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा–५ मा अन्तिम मतपरिणाम आउनै लाग्दा सुरक्षा व्यवस्था कडा पारिएको थियो।
  • सडक किनारको नालीमा डुब्दै गरेको सानो कुकुरको बच्चालाई सुरक्षाकर्मीले बचाएका थिए।
  • सुरक्षाकर्मीले कुकुरको बच्चा सुरक्षित राखेपछि आमा कुकुरले राहतको सास फेरेकी थिइन्।

झापा–५ मा अहिले सबैको ध्यान केन्द्रित छ । अन्तिम मतपरिणाम आउनै लाग्दा सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो । सडकमा सुरक्षाकर्मीहरूको बाक्लो पंक्ति उभिएको थियो ।

त्यही भीडभाड र तनावपूर्ण क्षणमा एउटा सानो, तर मार्मिक दृश्य देखिए, जसलाई अनलाइनखबरले प्रत्यक्ष प्रसारण गरिरहेको थियो।

सडक किनारको नालीमा एउटा कुकुर भौतारिरहेका थिए । उनी नालीमा डुबेका अर्को कुकुरको बच्चा बचाउन गुहार मागिरहेका  जस्ता लाग्थ्यो । किनभने नालीमा सानो कुकुर डुबिरहेको देखिन्थ्यो ।

त्यसबेला एउटा सुरक्षाकर्मी दौडँदै त्यहाँ पुगे । उनले नालीमा डुब्दै गरेको सानो कुकुरको बच्चालाई सजिलै निकालेर सडकमा राखिदिए ।

यो कुनै ठूलो काम थिएन, तर करुणा, समभाव र मानवताको एउटा मर्मस्पर्शी दृश्य थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?