२३ फागुन, सिरहा । सिरहा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिवशंकर यादव (शिव) विजयी भएका छन् । अन्तिम मतगणना अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गरेका छन् ।
प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादवले १२ हजार ८१४ मत ल्याए । यादव २६ हजार ७४७ फराकिलो मतान्तरले विजयी भएका हुन् ।
त्यस्तै, नेकपा एमालेका नविन यादव ६ हजार ७१३ मतसहित तेस्रो स्थानमा छन् । नेपाल कम्युनिस्ट पार्टीका मुक्ति नारायण सिंहले ३ हजार ६८० मत प्राप्त गर्दै चौथो स्थानमा रहेको सिरहा क्षेत्र न–२ का निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिए ।
यहाँ कुल सदर मत ७३ हजार ७९ , सदर मत ६९ हजार ६४३ , बदर ३ हजार ४३६ मत भयो ।
त्यस्तै, महिला ३९ हजार ३९० र पुरुष ३३ हजार ७८३ गरी ७३ हजार १७५ मत खसेको थियो । यहाँ १ लाख १५ हजार ७६० मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4