+
+
Shares

तनहुँ-२ : रास्वपाका श्रीराम न्यौपाने निर्वाचित

प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत तनहुँ २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम न्यौपाने विजयी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तनहुँ २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम न्यौपाने ३२ हजार ६८७ मत प्राप्त गरेर विजयी भएका छन्।
  • न्यौपानेले काङ्ग्रेस उम्मेदवार शंकर भण्डारीलाई दोब्बर बढी मतान्तरले पछि पारेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।
  • तनहुँ २ मा ११ राजनीतिक दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए र १ लाख २७ हजार ५१५ मतदाता रहेको छ।

२३ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत तनहुँ २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीराम न्यौपाने विजयी भएका छन् ।

न्यौपानेले जम्मा ३२ हजार ६८७ मत प्राप्त गरेर विजयी भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा विभाग प्रमुख समेत रहेका न्यौपानेले काङ्ग्रेस उम्मेदवार शंकर भण्डारीलाई दोब्बर बढी मतान्तरले पछि पारेको निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीले जनाएको छ ।

यहाँ काङ्ग्रेस उम्मेदवार भण्डारीले १४ हजार १३५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार केदार सिग्देलले ११ हजार ६६८ मत ल्याएका छन् । त्यस्तै  नेपाली कम्युनिष्ट पार्टीका सोमबहादुर थापा एसबी सहित अन्य दलका उम्मेदवारले जमानत समेत जोगाउन सकेनन् ।

यो क्षेत्रमा १ लाख २७ हजार ५१५ मतदाता रहेकोमा जम्मा ६६ हजार ७७२ मत खसेको निर्वाचन अधिकृत भेषराज पौडेलले जानकारी दिए । पौडेलले खसेको कुल मत मध्ये ६२ हजार ५७९ मत सदर र तीन हजार ५२२ मत बदर रहेको बताए ।

तनहुँ २ मा ११ राजनीतिक दलका उम्मेदवारहरुले प्रतिष्पर्धा गरेका थिए । यो क्षेत्रमा व्यास नगरपालिकाको ५ र ६ नम्वर वडासहित शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाँउपालिका, घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिका पर्दछ ।

तनहुँ १ बाट भने रास्वपाका उपसभापति समेत रहेका स्वर्णिम वाग्ले विजयी भैसकेका छन् । उनी तनहुँ १ बाट दोस्रो पटक निर्वाचित भएका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?