+
+
Shares

सिन्धुपाल्चोक-२ मा नेकपाका दुलालले फराकिलो अन्तर बनाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २३:१२

२३ फागुन, काठमाडौं । सिन्धुपाल्चोक–२ मा नेपाली कम्युनिष्ट पार्टीले फराकिलो अन्तर बनाउन थालेको छ । साँझ ११ बजेसम्मको पछिल्लो मत परिणामअनुसार नेकपाका युवराज दुलालले १० हजार ७९९ मत पाएका छन् ।

उनलाई नेपाली कांग्रेसका वंशलाल तामाङले ८ हजार ९९९ मत सहित पछ्याइरहेका छन् । उनीहरूबीच १८ सय मतको अन्तर छ ।

त्यस्तै तेस्रोमा नेकपा एमालेका शेरबहादुर तामाङ छन् । उनले ७ हजार २२८ मत ल्याएका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने कमजोर देखिएको छ । अहिलेसम्मको मत परिणाम अनुसार रास्वपाका झलककुमार श्रेष्ठ ५ हजार ८७४ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?