+
+
Shares

रेशमको पार्टी छाडेर उनकै किल्लामा उदाएकी कोमल

लामो राजनीतिक पृष्ठभूमि नभएकी कोमल ज्ञवालीले रेशम चौधरी संरक्षक रहेको तत्कालीन नागरिक उन्मुक्ति पार्टीको कोषाध्यक्षको रूपमा काम गरेकी थिइन् ।

जनक विष्ट जनक विष्ट
२०८२ फागुन २३ गते २३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ज्ञवाली पहिलो प्रयासमै सांसद बनेकी हुन् र उनले भ्रष्टाचार शून्य बनाउने प्रतिबद्धता लिएर मत मागेकी थिइन्।
  • रास्वपाले प्रदेश सभापति प्रकाश विष्टलाई टिकट नदिँदा असन्तुष्ट विष्टसहितका नेताहरूले ज्ञवालीको समर्थन छोडेका छन्।

२३ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशमा कैलाली–१ बाट नागरिक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले जितको सुरुवात गरेको छ । कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवालीले जित निकाल्दै सुदूरपश्चिममै विजयको सुरुवात गरेकी हुन् ।

१७ हजार ८६२ मतसहित ज्ञवाली प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी चौधरीले १२ हजार ८६७ मत ल्याए ।

ज्ञवाली पहिलो प्रयासमै संसदीय यात्रा तय गर्न सफल भएकी छिन् । लामो राजनीतिक पृष्ठभूमि नभएकी ज्ञवालीले रेशम चौधरी संरक्षक रहेको तत्कालीन नागरिक उन्मुक्ति पार्टीको कोषाध्यक्षको रूपमा काम गरेकी थिइन् ।

चौधरीले २०७९ मा डिल्लीबजार कारागारबाट खोलेको पार्टीको कोषाध्यक्षको भूमिकामा रहेर काम गरेकी ज्ञवालीले अहिले थारु बाहुल मानिने उनकै क्षेत्रबाट संसदीय यात्र तय गरेकी छन् । टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगपछि फरार रहेकै अवस्थामा रेशम चौधरीले २०७४ मा यो क्षेत्रमा चुनाव जितेका थिए ।

२०७९ मा भने उनकी श्रीमती रञ्जिता श्रेष्ठले भारी मतले नाउपाबाट जितेकी थिइन् । नाउपा टुटफुट र विभाजनको चपेटमा फसेपछि चुनावअघि मात्र उनी रास्वपा प्रवेश गरेकी थिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को स्थापनाकालदेखि नै भूमिका निभाएका सुदूरपश्चिम प्रदेश सभापति इञ्जिनियर प्रकाश विष्ट कैलाली–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहन्थे । तर रास्वपाले प्रदेशमा संगठन विस्तारमा भूमिका खेलेका विष्टलाई टिकट नै दिएन ।

सभापति रवि लामिछानेले ज्ञवालीलाई टिकट दिएपछि टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकाका पार्टी प्रमुखहरूले तत्काल सच्याएर प्रदेश सभापति विष्टलाई उम्मेदवार बनाउन माग समेत गरेका थिए । तर त्यो मागको सुनवाइ भएन ।

असन्तुष्ट विष्टसहितका नेताहरूको साथ लिएर ज्ञवालीले पहिलो प्रयासमै सांसद बन्ने रेकर्ड बनाएकी छन् । २०३५ मंसिर ४ गते टीकापुर नगरपालिका–२, सीतापुरमा बुवा जानकीविक्रम ज्ञवाली र आमा मुक्ता ज्ञवालीको कोखबाट जन्मिएकी थिइन् । प्रारम्भिक शिक्षा टीकापुरकै करुणा स्कुलबाट लिइन् ।

काठमाडौंको शिशु विद्याश्रमबाट एसएलसी उत्तीर्ण गरेकी उनले नेपाल कमर्श क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक अध्ययन पूरा गरिन् । व्यवसाय र व्यवस्थापन क्षेत्रमा रुचि राख्ने उनी विगत पाँच वर्षदेखि काठमाडौं र कैलालीमा कृषियन्त्र उपकरण तथा बिउबिजनको व्यवसाय गरिरहेकी छन् ।

नाउपाको संस्थापक केन्द्रीय कोषाध्यक्ष बन्न अघि भने उनी कुनै पनि पार्टीमा आवद्ध थिइनन् । रास्वपा प्रवेश गरे लगत्तै टिकट पाएकी ज्ञवालीले भ्रष्टाचार शून्य बनाउने प्रतिबद्धता लिएर मत मागेकी थिइन् । कैलाली–१ को कृषि र पर्यटनमा आधारित विकास, स्वरोजगारी सिर्जना र युवालाई क्षेत्रमै रोक्ने योजनालाई पनि एजेन्डा बनाएकी थिइन्।

थारु बाहुल क्षेत्र भएकाले सांस्कृतिक पर्यटन, कृषि प्रशोधन उद्योग र स्थानीय उद्यम प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गर्न सकिनेमा ध्यान दिने उनी बताउँछिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?