२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवलपरासी-१ मा नेपाली कांग्रेसको ३४ वर्षदेखिको विरासत तोडेको छ ।
२०४८ सालदेखि कांग्रेसलाई यो क्षेत्रमा कसैले हराउन सकेको थिएन । तर, रास्वपा उम्मेदवार राजन गौतमले भारी मतान्तरको जित निकाल्दै कांग्रेसको विरासत तोडे ।
गौतमले ५० हजार ९ सय ४५ मत पाएर जित्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मात्र मत पाए । गौतमको जितमा ३४ हजार ६ सय ५२ मतान्तर छ ।
नेकपा एमालेका भागिरथ सापकोटाले ९ हजार १ सय ३१ मत पाए । कांग्रेसको गढ भनिने यो क्षेत्रबाट कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले लगातार ४ पटक जितेका थिए । २०६४ सालदेखि शशांकले जित्दै आएको क्षेत्रमा यसपालि कांग्रेसले उम्मेदवार फेरेको थियो ।
तर, देशभरि चलेको रास्वपाको लहरमा कांग्रेसको नयाँ कार्डले काम गरेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4