News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले बैतडीको एकमात्र निर्वाचन क्षेत्रमा ३ हजार ९४० मतान्तरले विजयी भएका छन्।
- भण्डारीले २२ हजार १३४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत पाएका छन्।
- नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ र नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन्।
२४ फागुन, बैतडी । एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार भण्डारीले २२ हजार १३४ मत पाउँदा कांग्रेसका चन्दले १८ हजार १९४ मत पाए । त्यस्तै नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत पाए भने नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत पाए ।
राप्रपाका भुपेन चन्दले २६८१ मत ल्याए । अन्य उम्मेदवारले एक हजार मत पनि कटाउन सकेनन् । बैतडीमा एक स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेको थियो ।
१ लाख ५६ हजार ३७२ मतदाता रहेकोमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए । यसअघि लगातार तीन पटक जीत हासिल गरेका एमालेका दामोदर भण्डारीको परिणाममा ब्रेक लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4