२४ फागुन, काठमाडौं । सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरकान्त चौधरी निर्वाचित भएका छन् ।
चौधरीले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई साढे १७ हजार भन्दा बढी मतान्तरले पराजित गरेका हुन् ।
रास्वपाका चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरेर निर्वाचित हुँदा यादवले १५ हजार २३९ मत पाए ।
नेपाली कांग्रेसका दिनेशकुमार गुप्ताले ८ हजार ४२४ र नेकपा एमालेका ताराकान्त चौधरीले ६ हजार ७१५ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4