News Summary
Generated by OK AI. Editorially reviewed.- मछिन्द्र एफसीले जोनाथान कान्टिलानाको दुई गोल मदतमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ।
- यो जितपछि मछिन्द्र एफसी ८ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा उक्लेको छ।
- लालिगुराँस एसोसिएसनले संकटा एफसीसँग खेल्दै शीर्ष स्थानमा उक्लने मौका पाएको छ।
२४ फागुन, काठमाडौं । जोनाथान कान्टिलानाको दुई गोल मदतमा मछिन्द्र एफसीले राष्ट्रिय लिग फुटबलमा आइतबार जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको छ ।
यो जितपछि मछिन्द्र एफसी ८ खेलबाट १९ अंक जोडेर मछिन्द्र दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट अपराजित रहँदै २० अंक जोडेको विभागीय टोली एपीएफ शीर्ष स्थानमा छ ।
पाँचौ हार बेहोरेको जावलाखेल भने ८ खेलबाट ९ अंकसहित आठौं स्थानमै यथावत छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा जोनाथानले दुवै हाफमा एक-एक गोल गरे ।
जोनाथान कान्टिलानाले ३३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जोनाथानले नै ९०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै जित पक्का गरेका थिए ।
आजै दिउँसो २ बजे सुरु हुने खेलमा लालिगुराँस एसोसिएसनले संकटा एफसीसँग खेल्दैछ । ८ खेलबा६ १८ अंकसहित तेस्रो स्थानमा रहेको लालिगुराँस सामु यो खेल जित्दै शीर्ष स्थानमा उक्लने मौका हुनेछ ।
यस्तै चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लबबीच आजै साँझ ६ बजे खेल हुनेछ ।
तस्बीर: एन्फा
प्रतिक्रिया 4