+
+
Shares

प्रश्न गर्दागर्दै जवाफ दिने ठाउँमा पुगे गणेश कार्की

पार्टी स्थापनाकालदेखि नै सभापति रवि लामिछानेका कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका कार्कीले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र वैचारिक स्पष्टताको वकालत गर्थे । अहिले चुनाव जितेर उनी आफैं जवाफ दिने ठाउँमा पुगेका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ फागुन २५ गते ७:३२

२५ फागुन, विराटनगर । मोरङकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार गणेश कार्की विजयी भएका छन् । नेपाली कांग्रेसका ‘हेभिवेट’ उम्मेदवार डा. सुनील शर्मा र श्रम संस्कृति पार्टीका अमिर मगरलाई पराजित गर्दै कार्की प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार शर्मालाई १२ हजार बढी मतान्तरले पराजित गर्दै कार्की ले संसदकाे यात्रा तय गरेका हुन् । ३६ हजार ९ सय २४ मतसहित कार्की विजयी हुँदा शर्माले २४ हजार ३ सय ५४ मत ल्याए । श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५ सय ९, नेकपा एमालेका इरनकुमार राईले ७ हजार ७ सय ५२ र नेकपाका डा. देउमान सम्बाहाङफेले १ हजार २ सय ५९ मत प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका सुनील शर्मा ४८ हजार ६३१ मतका साथ भारी बहुमतले विजयी भएका थिए । त्यतिबेला रास्वपाका उम्मेदवार विकाश उप्रेतीले मात्र ३ हजार १७२ मत प्राप्त गरेका थिए ।

चलचित्र लेखककाे रूपमा समेत परिचित ४० वर्षीय गणेश कार्की रास्वपाका संस्थापक नेता मध्ये एक हुन् । निर्वाचनअघि रिलिज भएकाे चलचित्र ‘झरीपछिकाे इन्द्रेणी’का लेखक कार्की हुन् ।

मोरङको पथरीशनिश्चरेका स्थायी बासिन्दा कार्की पछिल्लो समय काठमाडौँमा बसोबास गर्दै आए पनि चुनावका लागि आफ्नै गृहक्षेत्र फर्किएका थिए । रास्वपाभित्र उनी ‘वैचारिक र विद्रोही’ नेताका रूपमा चिनिन्छन् ।

पार्टी स्थापनाकालदेखि नै सभापति रवि लामिछानेका कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका कार्कीले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र वैचारिक स्पष्टताको वकालत गर्थे ।

२०७९ सालको निर्वाचनमा समानुपातिक सूचीमा रहेर पनि अन्तिम समयमा नाम काटिएपछि उनी प्रत्यक्षतर्फको चुनावी तयारीमा होमिएका थिए । निर्वाचन प्रचारका क्रममा पनि उनले मतदातालाई प्रश्न गरे । प्रश्नले लाेकतन्त्रलाई बलियाे बनाउने बताउँदै मतदातालाई पनि प्रश्न गर्न सिकाए ।

पार्टी भित्र निरन्तर प्रश्न गर्दागर्दै राजनीतिमा उदाएका कार्की अब जवाफ दिने ठाउँमा पुगेका हुन् । संसद निर्वाचित भएपछि उनले आफूले गर्नुपर्ने कामलाई प्राथमिकताका साथ छुट्याएका छन् । उनकाे पहिलाे काम सुकुम्बासी र दाेहाेराे स्वामित्व विवाद समाधान हाे । संसद सुरु भएकाे १०० दिनमा संकल्प प्रस्ताव पेश गर्ने बताउँछन् ।

२०७९ काे स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन शाहलाई विजयी गराउन उनी प्रचारप्रसार अभियानमा सक्रिय थिए । रास्वपाकी तत्कालीन नेता तथा शिक्षा मन्त्री सुमना श्रेष्ठको कार्यकालमा उनले शिक्षा क्षेत्रको नीति निर्माणमा पार्टीकाे तर्फबाट सहयोग पुर्‍याएका थिए । बालेन शाहसँग निकट मानिने कार्कीलाई रास्वपाभित्रका तार्किक नेताका रूपमा लिइन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?