+
+
Shares

गुल्मीमा समानुपातिक मतगणना सकियो, दुवै क्षेत्रमा रास्वपा पहिलो

अनिल खत्री अनिल खत्री
२०८२ फागुन २५ गते ७:४२

२५ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । गएराति अबेरसम्म सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा छ ।

निर्वाचन कार्यालयका अनुसार गुल्मी–१ मा रास्वपाले ३० हजार ६५७ मत प्राप्त गरेको छ । नेकपा एमालेले १४ हजार १३०, नेपाली कांग्रेसले १२ हजार ७३१ मत र नेपाली कम्युनिस्ट पार्टीले ३ हजार ३३ मत पाएको मुख्य निर्वाचन अधिकृत न्यायाधीश कृष्णप्रसाद पौडेलले बताए ।

गुल्मी–१ मा कुल १ लाख २२ हजार १८६ मतदाता रहेकोमा ६४ हजार ७८७ जनाले मतदान गरेका थिए । यस क्षेत्रबाट प्रत्यक्षतर्फ रास्वपा उम्मेदवार सागर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै गुल्मी–२ मा पनि रास्वपा पहिलो बनेको छ । यस क्षेत्रमा रास्वपाले २१ हजार १९१ मत प्राप्त गरेको छ । नेकपा एमालेले १४ हजार ७१५, नेपाली कांग्रेसले १२ हजार ५६० र नेपाली कम्युनिस्ट पार्टीले २ हजार ७५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिहर पौडेलले बताए ।

गुल्मी–२ मा कुल १ लाख ७ हजार ३६३ मतदाता रहेकोमा ५३ हजार ११४ जनाले मतदान गरेका थिए ।

यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै गोविन्द पन्थी निर्वाचित भएका छन् ।

फागुन २१ गते भएको निर्वाचनमा जिल्लाभर कुल २ लाख २९ हजार ५४९ मतदाता रहेकोमा १ लाख १७ हजार ९०१ मत खसेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?