+
+
Shares

२ लाख ९० हजार कट्यो श्रम संस्कृति पार्टीको समानुपातिक मत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते ११:०४

२५ फागुन, काठमाडौं । श्रम संस्कृति पार्टीले २ लाख ९० हजार समानुपातिक मत कटाएको छ ।

निर्वाचन आयोगको विवरणअनुसार यो पार्टीको समानुपातिक मत २ लाख ९० हजार ६११ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको ४० लाख ३१ हजार, ८४, नेपाली कांग्रेसको १३ लाख ५६ हजार ५४७, नेकपा एमालेको ११ लाख ४७ हजार ४०७ र नेपाली कम्युनिस्ट पार्टीको ५ लाख ९० हजार ३६८ मत रहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी चैत ५ गते भित्र मत गणना सकेर समानुपातिक तर्फ निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र दिने लगायतका कार्य सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको

समानुपातिक तर्फकोसमानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ ।

निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।

दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरे पछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले नमिलेको रूजु गरी समानुपातिक तर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र  उपलब्ध गराउने कार्य हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?